(१) सैनिक अस्पतालमा भएको औषधी र सरसामानको आम्दानी र दैनिक खर्च श्रेस्तामा चढाउनु पर्दछ र महीना पुगेपछि सो आम्दानी खर्चको जम्मा जम्मीको तेरिज बनाई श्रेस्ता दुरुस्त राख्नु पर्दछ ।
(२) उप–नियम (१) बमोजिमको महीना महीनाको हिसाब साल तमाम भएको एक महीनाभित्र सि. ओ. सैनिक अस्तपतालले समिति समक्ष पेश गर्नु पर्छ ।
(३) सैनिक अस्पतालको महीना महीनाको र साल भरको आम्दानी खर्चको श्रेस्ता जाँच्न अध्यक्षले महालेखा नियन्त्रकको प्रतिनिधि वा अरू कुनै व्यक्तिलाई खटाउने छ र आवश्यक सम्झेमा अध्यक्षले यस्तो श्रेस्ता जहिलेसुकै पनि जाँच गराउन सक्तछ ।
(४) उप–नियम (३) बमोजिम श्रेस्ता जाँच गर्न खटिएका व्यक्तिहरूले भिडाउनु पर्ने श्रेस्ता मिसिल कागजात समेत भिडाई आफूले जाँचेको निस्सासमेत गरी दिनु पर्छ ।
(५) साल तमाम भएपछि साल भरको आम्दानी खर्चको श्रेस्ता जाँची दुरुस्त भएपछि साल तमामी वासिल बाँकी समितिमा पेश गरिनेछ र समितिले आवश्यक ठहराए बमोजिमका मिनाहा मोजरा वा फर फारक समेत गरी दिन सक्नेछ ।
(६) यी नियमहरूमा लेखिएका कुनै कुराले पनि प्रचलित नेपाल कानुन बमोजिम महालेखा परीक्षकलाई प्राप्त अधिकारको प्रयोग गर्नामा बाधा पु¥याउने छैन ।